हाम्रो बारेमा

        भर्सटाइल मिडिया टेक्नॊलॊजी एण्ड मल्टी सप्लायर्स बाट सञ्चालित नवीन सन्देश डट कम (navinsandesh.com) मा आदरणीय अडियन्सलाई स्वागत र अभिवादन गर्दछौं। नवीन सन्देश २०६९ बाट सुरुवात भएको न्यूज पोर्टल हो। यो पोर्टल नवीन सन्देश मासिकको आधिकारीक पोर्टल पनि हो। श्रमजीवी पत्रकारहरुको पहलमा स्थापित यो साईटमा सामाजिक, आर्थिक, राजनीतिक, सौन्दर्य, अन्तर्वार्ता लगायतका विषयबस्तुलाई प्रमुख प्राथमिकता दिईएको छ।

        अहिलेको विश्वव्यापीकरणको युगमा मानिस सूचना प्रविधिविना बाँच्नै नसक्ने भईसकेको छ। यसै सन्दर्भमा नवीन सन्देश मासिक पत्रिकाले आम पाठकहरुमाझ लोकप्रियता हाँसिल गरेकाले अनलाईन पोर्टलको आवश्यकता परेको हो, जसका माध्यमबाट अडियन्सहरुले तुरुन्तै ताजा सूचना लिन पाउन्।

        नवीन सन्देश पोर्टल कुनैपनि जातजाति, धर्म, समूदाय, वर्ण, लिङ्गलाई ठेस नपुर्याई स्वतन्त्रतापूर्वक नौला र सिर्जनात्मक विषयबस्तुहरु पस्कने गर्दछ। यहाँ प्रस्तुत हुने हरेक प्रकारका विषयबस्तुहरु आधिकारिक हुने वचनवद्धता पनि हामी प्रकट गर्न चाहन्छौं। पत्रकारिताको मूल मर्मलाई हरपल पछ्याउँदै सामग्रीहरु प्रस्तुत गर्नेछौं। यो सबैको साझा पोर्टल भएकाले सामग्रीहरु पठाएर सहयोग गरिदिनुहोला। तपाईका सिर्जनालाई हामी उचित स्थान दिनेछौं। अन्त्यमा सम्पूर्ण पाठकवर्ग, विज्ञापनदाता, लेखक, शुभेच्छुक आदि सबैको अमूल्य सल्लाह सुझावको अपेक्षा गर्दछौं।

धन्यबाद
Versatile Media Technology and Multi Suppliers