राष्ट्रबाद र टोपी दिवस

 

अनिता यादब

पुरुष ले लगाउने पहिरन महिलाई पटक्कै सुहाउंदैन । कतै तपाइँ श्रीमती, अामा, बहिनी, दिदी, फुफू आदिले तपाईंले जस्तो यो पुरुषको टोपी लगाएर जोकर त भई रहेका छैनन? फेरी हामी महिलाले गुन्यू चोली दिवस मनाए भने पुरुषहरुले गुन्यू चोली लगाएर हिड्न त मिलेन । टोपि संसारमा धेरै देशका मानिसले लगाऊँछन । टोपी पनि थरी थरी का छन्,नेपाल मै पनि भादगाऊले टोपि,ढाका टोपि, बिर्खे टोपि र छतरे टोपि आदि…। हाम्रो मिथिला संस्कृतिमा पनि टोपी लगाउने चलन छ मिथिला टोपी लाई ” पाग “भनिन्छ । अब भन्नुहोस कुन चाही टोपी दिवस मनाउने ? कसैको टोपी लाउने बानि होला, कसैको सस्कार होला,कसैको राष्ट्रीयता झल्केला आफ्नो ठाउमा छ। खै मैले त बुझ्नै सकीन किन यो बेमौसम अचानक टोपि र धोतिको जुहारी हुदैछ ?

नेपालको इतिहासमा सवैभन्दा ठुला पदमा वस्ने भ्रष्टाचारी हरू र राष्ट्रविरोघी सन्घी सम्झौता गर्ने हरू पनि सवै टोपी लगाउने बर्ग कै छन। एक दिन टोपी लाएर राष्ट्रबादी हुने भए ३६५ दिन नै लगाउनु पर्यो। एक दिन को राष्ट्रबादले देश लाईकही लादैन । समानताको कुरा गर्न र ब्यबहारमा उतार्न सजिलो छैन आज राज्यले टोपी दिबस मनाउला भोलि अरु जात जाती ले हाकुपटासी, पटुका , सामायानफुंग, छुबा , टॅटूंग लुंगी , धोती, गुन्यू चोली, बख्खु दिवस मनाउलान , खै कसरीभयो समानता ? समानता हुन टाउकोमा टोपी कम्मरमा कक्छड तराइ पहाड हिमाल समेट्ने पोसक हुनुपर्छ ! टोपीले मात्रा समबेशिता देखाउदैन । प्रतीकवादी, अस्तित्ववादी भन्दा पनी यथार्थबादी बन्न सिकौं । सबभन्दा पहिले टोपी ,हाकुपटासी, पटुका, सामायानफुंग, छुबा , टॅटूंग लुंगी , धोती, गुन्यू चोली, बख्खु को लाज बचाउ,देशलाई आत्मनिर्भर बनाउन ,स्वदेशी रोजगारको लागि बाटो बनाउ र स्वदेशी उत्पादित बस्तु विदेशमा बेच्ने बातावरणबनाउ , ज्ञान,विज्ञान,शिक्षा ,सीप तालिम ,आधुनिक प्रविधि , उद्योग र कृषि विकासको लागि उल्लेखनीय काम गरेर देखाउ।यो झुठो ,खोक्रो ,अन्धविश्वास र मतभेद हुने धोती , टोपी हाक्कू पोटासी, पटुका ,सामायानफुंग, छुबा , टॅटूंग , लुंगीबख्खु दिवस मनाएर राष्ट्रीयताको खिल्ली नउड़ाउँ ।

न्यू इयर इभ को पार्टीमा कोट , पॉइंट, टाइ लगाएर, बिदेशी रक्सी पियेर मनाउने अनी त्यस को भोलीपल्ट टोपी लगाएर राष्ट्रीयता देखाउने देखि साबधान रहने बेला आएको छ । कतै यो डलर कमाउनेहरुको खेल त होइन ? हिमाल, पहाड रतराईका नेपाली आपसमा भेद ल्याउने समूहका पछाडि नालाग्नु होला । जे भए पनी टोपी दिवसको शुभकामना । मेरो शरीरमा एकसरो बस्त्र भए पनी नभए पनी म नेपाली थिए , नेपाली छू र नेपाली रहन्छु । सही बिचार र कर्म ले नेपाली बनौं । टोपी लगाउदै मा रास्ट्रीबादी र नलगाउदै मा राष्ट्र बिरोधि हुदैन । चर्कोराष्ट्रवाद! खोख्रो राष्ट्रवाद! थोत्रो राष्ट्रबाद भन्दा सानो सक्ने काम ले पहिचान बनाऊ । आबश्यक परे यो मेरो देश नेपाल को राष्ट्रीयता, अखण्डताको लागि टाउकोमा टोपी होइन म बन्दुक बोक्न तयार छू । ‪

मेरो फेसबुकको पोस्ट ले भन्न खोजेको कुरा बुझ्दै नबुझी विभिन्न नकारात्मक कमेंट पढ्ने अवसर मिल्यो । फेरि एक चोटि नेगेटिभ बुझिदिनु भएका मित्रजनहरु , मैले टाेपी अभियान काे विरोध गरेको होइन , पुरुषलाई जसरी महिलाहरुलाई सुहाउँदैन भनेको मात्र हो । टोपी अभियंताले मेरो बिरोधमा लेखनै लेख्नुभयो । मैले त टोपी दिवसको बिरोध गरेको पनि छैन । डॉ बाबुराम भट्टराई जो भू. पु प्रधानमन्त्री हुनुहुन्छ , उहाँको बारेमा टोपी अभियंता र अरु थुप्रै राष्ट्रभक्तहरुले खासै आवाज उठाउन भएन । अझ मैले टोपी दिवस को खुलेरै बिरोध गरको भए के हुन्थ्यो होला ? के गर्नु डॉ बाबुराम भट्टराई पहाडी बाहुन पर्नुभयो , म चाही मधेशी यादव परें । मैले राम्रो कुरा लेख्दा पनी त्यसलाई तोडमोड गरेर मेरो मात्र नभएर भू. पु राष्ट्रपति रामबरण यादव लाई पनी मुछियो जसको आफ्नो शिरबाट टोपी कहिल्यै नकाल्ल्नु भएन !

“तराइको धोति,पहाडको टोपी र हिमालको भोटो मिलाएर नै शरीर ढाकिन्छ र हाम्रो इज्जत रहन्छ । टोपी हाम्रो शिर -धोती हाम्रो चिर राष्ट्रीय पोसाक धोतीमाथी टोपी भइदिएको भए सबै मधेशी पहाडी हिमाली एक नेपाली हुने थिए की ?म मेरो बुबा प्रति गर्व गर्छु वहा ले टोपी र धोति कहिल्यै छोड्नु भएन चाहे तो देश मा होस् या विदेशमा ।”सबै नेपालका राष्ट्रवादी जनताले अब एकता गर्ने र सङ्गै हिड्ने समय आएको छ ! आज राष्ट्र बिखण्डंनको मझदारमा उभिएको छ पहाडी समुदायका व्यक्तिले टोपी लगाएर टोपी दिवस मनाए भने मधेसी समुदायका व्यक्तिले त्यहि दिन धोती, कुर्ता र गम्छा लगाएर धोती दिवस मनाए । अब भोली प्रत्येक बर्ग ले आ -आफ्नो दिवस मनाएर प्रतिस्पर्दा गर्न थाले भने के होला ?

आंदोलननै गर्ने हो भने भूटानमा भुटानीले आफ्नो राट्रिय पोशाक लगाए जस्तै सबै नेपाली सरकारी कर्मचारीलाई अनिबार्य टोपी लगाउन पर्ने भनेर गर्नुहोस। तपाइले भोट हालेर पठाएका लाई टोपी लगाउन प्रेशर गर्नुहोस। सगरमाथा, बुद्ध र अरु थुप्रै कुरा भएपनी नभएपनी देश को अस्तित्व त रहन्छ र राख्नपर्दछ । हामीलाई जातीय, क्षेत्रीय र धार्मिक द्वन्दमा फसाएर विदेशी हस्तक्षेप गर्ने षडयन्त्र भइरहेको छ । के हामी यस्तोअवस्था मा आई पुग्याै‌ की एक दिन टोपी लगाऐर राष्ट्रीयता देखाउनुपर्ने ? अन्तर्राष्ट्रिय क्षेत्रमा पहिचान बोकेको दौरा सुरुवाल राष्ट्रिय पोशाक २०६८ सम्म थियो । गणतन्त्रले राष्ट्रिय पोशाक दौरा सुरुवाल, टोपी सबै खाइदियो  ? खै काठमांडू को मंड़लामा नारा जुलसू निस्किएन । राष्ट्रिय पोशाकको लागि नारा जुलुश कतै देखिदैन। २०६८ सालदेखि हाम्रो देश नेपाल पोशाक विहिन छ । जातीय पोशाक सबैको छ, तर राज्यसँग अन्तर्राष्ट्रिय पहिचानबोकेको पोशाक छैन । खै अब कोट, पॉइंटमा टाई मा टोपी मात्र बांकी छ । कस्तो बिडम्बना , हुदाँ हुदाँ अब राष्ट्रियता र राष्ट्रवाद पनी एउटा दिवस अनि एउटा टाेपीमा सिमित हुन पुगेछ ।

इतिहास त्यति पुरानो पनी भएको छैन, बंगाली महिलाले लाउने साड़ी हिन्दुको पोशाक भनी परिभाषित गरिन्थ्यो तर मधेसीले लाउने धोती भारतीय पोशाक भनेर कहिल्यै राष्ट्रिय पोशाक बन्न दिइएन । तपाइँ लाई शायद थाहा छैन होला तराईका कतिपय ठाउँहरूमा ऐतिहासिकरूपले बसोबास गरी आएका पहाड़ी समुदायको टोलहरूलाई “नेपाली टोल” समेत भन्ने गरिन्छ । भारत , बंगालदेश , पाकिस्तान , भूटानमा सायदै भारतीय टोल , बंगलादेश टोल, पाकिस्तानी टोल अथवा भूटानी टोल भेटिन्न्छन् होला ? खै मैले त छैन । अब तपाईं नै भन्नुहोस् नेपाली पहिचान जातीयता हो कि राष्ट्रियता ? अब जातीय राष्ट्रवादबाट नागरिक राष्ट्रवादतिर लम्किन पर्ने बेला आएको छ । नीति भन्दा पनि नियतले काम गर्नु पर्ने बेला आएको छ। टोपी , धोति , बक्खु ,तामा, गुन्दु्रक,गौतम बुद्ध, सागरमाथा , नेपालको झण्डा, मःम, हिमालको फोटो मात्र नेपाली पहिचान होइनन । सबै भन्दा ठुलो पहिचान नेपाल एक मात्र हिन्दू राष्ट्र त हामीले बेचीदीयों , नेपाल को आफ्नो मौलिक पहिचान नै हिन्दू हो ।नागरिकको पहिचान देशबाट हुन्छ र देश को पहिचान धर्म , कला, संस्कृति, भाषा र इतिहासले गर्छ ।

दसगजा क्षेत्रमा नेपाली भूमि अतिक्रमण हुदा त्यसको प्रतिबाद गर्ने देवनारायण यादव लगाएत थुप्रैले धोती , टोपी, बख्खू नभनीकन, सींगों नेपाल को लागि लड़े , मैले रचनात्मक पोस्ट गर्दा यत्रो हो हल्ला मच्चीएला जस्तोलागेको थिएन । समयले देखाउला को कती राष्ट्रबादी छ भनेर? तपाईं काठमाडौँ को मण्डला मा टोपी , धोति, बक्खु , दौरा सुरवाल आदि इत्यादी दिवस भनेर नेपाली झन्डा बोकेरे सुन्तला , बदाम खादै राष्ट्रियता को प्रदशन गर्नु होस्। म त बोडर नजीक बस्दछु , तपाईं हरु को लागी राष्ट्रियता प्रदशन गर्ने बाताबरण बनाउन म बोडर (सीमावारी ) तपाइको लागि लडी रहने छु । बोडरमा म तपाई को लागी लड्दा लड्दै शहिद भए भए मेरो लाश मा टोपी ,धोति, बक्खु , दौरा सुरवाल लगाइदिनु होला , के गर्ने आखिर हाम्रो राष्ट्रबाद लुगामा सिमित भएछ ।

(लेखक महिला, बालबालिका, व्यक्तिको स्वतन्त्रता र समानतालगायतका सामाजिक कार्यमा संलग्न छिन्)