कृषि विकास बैैंकको ५० प्रतिशत हकप्रद आउने

काठमाडौँ । कृषि बिकास बैंक लिमिटेडले २ बराबर १ अर्थात ५० प्रतिशत हकप्रद दिने भएको छ।

बैंकको हकप्रद निष्काशन तथा बिक्रि एस क्यापिटलले गर्ने भएको छ।  हकप्रद निष्काशन तथा बिक्रिका लागी बैंक र क्यापीटलबीच सम्झौता भएको छ। सम्झौतामा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत लिला प्रकाश सिटौला र क्यापिटल तर्फबाट प्रबन्धक संचालक पूर्णचन्द्र दाहालले हस्ताक्षर गरे।

बैंकले प्रति कित्ता १ सय रुपैयाँका दरले १ करोड ९६ लाख ८८ हजार कित्ता हकप्रद निष्काशन गर्न लागेको हो । हकप्रद वितरणपछी बैंकको साधारण शेयर पूँजी ५ अर्ब ९० लाख पुग्ने छ।  बैंकको अग्राधिकार शेयरलाइ चुक्ता पुंजीमा गणना गर्न नपाइने व्यवस्थापछी बैंकले राष्ट्र बैंकले तोकेको ८ अर्ब चुक्ता पुंजी हकप्रद, बोनस र अन्य विकल्पमार्फत पुंजी बढाउन लागेको हो ।

बैंकको कुल चुक्ता पुँजी ९ अर्ब ८६ करोड ८ लाख रहेको छ । यसमध्य साधारण शेयर पुँजी ३ अर्ब ४२ करोड ४० लाख छ भने नेपाल सरकारको अग्राधिकार शेयर ६ अर्ब ४३ करोड ६८ लाख रुपैयाँ रहेको छ ।