नेपाल क्लियरिङ्ग हाउस र नबिल बैकबीच सम्झौता

काठमाडौँ । नेपाल क्लियरिङ्ग हाउस र नबिल बैकबीच अन्तर बैंक विद्युतीय भुक्तानी प्रणालीबारे सम्झौता भएको छ।

nabil

सम्झौतामा नबिल बैंकका तर्फबाट प्रमुख संचालन अधिकृत विनय कुमार रेग्मी र नेपाल क्लियरिङ्ग हाउस लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत नीलेश मान सिंह प्रधानले हस्ताक्षर गरे । सम्झौता अनुसार नबिल बैंकलाई क्लियरिंग हाउसले अन्तर बैंक विद्युतीय भुक्तानी सेवा संचालनको लागि एनसीएचएल आइपीएस  प्रणाली उपलब्ध गराउने छ ।

उक्त प्रणालीमार्फत कम्पनीसंग आवद्ध सदस्य बैंक तथा वित्तीय संस्थाहरुमा रहेका ग्राहकहरुको कुनै पनि खातामा भुक्तानी दिने र लिने जस्ता कारोबारहरु पूर्णतया रुपमा संचालन गर्न सक्ने कम्पनीले जनाएको छ । कम्पनीमा आबद्द सदस्य बैंक तथा वित्तीय संस्थामा रहेका ग्राहकहरुले रकम स्थानान्तरण, डिभिडेन्ट पेमेन्ट, आइपीओ रिफन्ड, बिल भुक्तानी, प्रीमियम भुक्तानी, सामाजिक सुरक्षाभत्ता, पेन्सन/तलब भुक्तानी, रेमिटेन्स लगायतका कुनै पनि प्रकारका भुक्तानी दिने तथा लिने सेवा यस प्रणालीबाट गर्न सक्नेछन् ।

यस बैंकसँगको सम्झौतापछि नेपाल क्लियरिङ्ग हाउस लिमिटेडको अन्तर बैंक विद्युतीय भुक्तानी प्रणालीमा ६१ सदस्यहरु आवद्ध भएका छन् ।