कामना विकास बैंकको नाफा ८ करोड ९८ लाखले बढ्यो

काठमाडौँ । कामना विकास बैंक लिमिटेडले ८ करोड ९८ लाख रुपैयाँले खुद मुनाफा बढाएको छ।

बैंकले अघिल्लो आर्थिक बर्षको यस अवधिमा ८ करोड १३ लाख खुद मुनाफा गरेको थियो।  बैंकल यस अवधिमा ६ अर्ब ९० करोड ६१ लाख रुपैयाँ निक्षेप संकलन गरी ५ अर्ब ९८ करोड ३१ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ। त्यस्तै ३४ करोड ७३ लाख रुपैयाँ खुद ब्याज आम्दानी तथा २६ करोड संचालन मुनाफा गरेको छ। बैंकको खराब कर्जा अनुपात ०।९३ प्रतिशत पुगेको छ ।

यस अवधिमा बैंकको प्रतिशेयर आम्दानी वार्षिक २५.८७ रुपैयाँ, मुल्य आम्दानीको अनुपात १२ दशमलव ७५ गुणा, प्रतिशेयर नेटवर्थ १ सय ४४ दशमलव ११ रुपैयाँ रहेको छ ।