केन्द्रिय बहिरा क्याम्पसलाई त्रिवेणी वैंकको सहयोग

काठमाडौँ । त्रिवेणी विकास वैंक लिमिटेडले आफ्नो १३औ वार्षिक स्थापना दिवसको उपलक्ष्यमा बहिरा अपाङ्गता भएका विधार्थीहरुले सांकेतिक भाषाको माध्यमबाट निःशुल्क अध्ययन गर्ने केन्द्रिय बहिरा क्याम्पस, नक्सालको लागि ५ लाख रुपैयाँ सहयोग प्रदान गरेको छ ।

त्रिवेणी विकास वैंकका संचालक समितीका अध्यक्ष लंङ्क वहादुर केसीले उक्त रकम वरावरको चेक बहिरा क्याम्पस संचालक समितीका अध्यक्ष प्रा.डा. प्रभा कुमारी हमाललाई हस्तान्त्रण गरे । त्रिभुवन विश्व विद्यालयबाट सम्वन्धन लिई श्रवण क्षमता गुमेर उच्च शिक्षाको अवसरबाट बञ्चित हुनु परेका बहिरा समुदायका छात्रछात्राहरुलाई  सांकेतिक भाषाका माध्यमबाट अध्ययन गराउने उक्त सामुदायिक क्याम्पसमा शैक्षिक गुणस्तर वृद्धी तथा व्यवस्थापन सुधारको लागि उक्त रकम हस्तान्तरण गरिएको हो ।

छोटो समयमा राम्रो पहिचान वनाउन सफल यस वैंकले हाल व्यापार विस्तारको क्रममा राष्ट्रिय स्थरको स्थापित वैंकको रुपमा काठमाडौं थापाथलीमा केन्द्रिय कार्यालय स्थापना गरी देशका विभिन्न ठाउहरुबाट सेवा प्रदान गर्दैै आएको छ ।