सिद्धार्थ बैंकका सेवाग्राहीलाई ग्राण्डीमा छुट

काठमाडौँ । सिद्धार्थ बैंकका सेवाग्राहीले ग्राण्डी अन्तराष्टिय अस्पतालमा छुट पाउने भएका छन् । बैंकले ग्राहकलाई थप सुविधा दिने उद्देश्यले ग्राण्डी अन्तरराष्ट्रिय अस्पतालसँग सम्झौता गरेको हो । सम्झौतामा बैंकका पेमेन्ट सोलुसन्स डिपार्टमेन्टका प्रमुख सुरेशराज महर्जन र अस्पतालका मार्केटिङ तथा व्यापार प्रवद्र्धन प्रमुख प्रतीक तिवारीले हस्ताक्षर गरेका छन् ।

सम्झौताअनुसार अब बैंकका ग्राहकहरुले अस्पतालले प्रदान गर्ने शैय्या, प्याथोलोजी, रेडियोलोजी, शल्यक्रिया र अन्य सेवा उपयोग गर्दा विशेष छुट पाउने छन् । बैंकको भिसा कार्डबाट भुक्तानी गर्दा यो छुट सुविधा प्राप्त गर्नेछन् । तर बाहिरंग, औषधि, वेलनेस चेकअप र प्रत्यारोपणमा यो छुट नपाइने बैंकले जनाएको छ ।