पूर्णिमा विकास बैंकको ५० प्रतिशत हकप्रद

काठमाडौँ । पूर्णिमा विकास बैंक लिमिटेडले लगानीकर्तालाई दुई बराबर एक अर्थात ५० प्रतिशत हकप्रद शेयर जारी गरिरहेको छ । बैंकको शेयरको निष्कासन तथा बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल रहेको छ ।

बैंकको हकप्रदमा आज अर्थात भदौ १ देखि असोज ४ गतेसम्म आवेदन दिन सकिने बैंकले जनाएको छ । बैंकले १०० रुपैयाँ अंकित दरका १० लाख ८ हजार ५४३ कित्ता हकप्रद शेयर जारी गरेको हो ।

बैंकले जारी गरेको हकप्रद शेयरमा गत श्रावण १९ गतेसम्म कायम बैंकका शेयरधनीहरुले मात्र आवेदन दिन पाउने बैंकले जानकारी दिएको छ । त्यस्तै लगानीकर्ताले सिद्धार्थ क्यापिटलका साथै पूर्णिमा विकास बैंकका सबै शाखाहरु र सिद्धार्थ बैंकका सबै शाखाहरुबाट हकप्रदका लागि आवेदन दिन सक्नेछन् ।