आइएमएस ग्रुपद्वारा रक्तदान

काठमाडौँ । काठमाडौ–मोबाइल कम्पनी आइएमएस ग्रुप अन्तर्गतको सामाजिक दायित्व आबद्ध डीएम फाउन्डेशनले ‘शेयर ब्लड, शेयर लाइफ’ भन्ने सन्देश सहित रक्तदान कार्यक्रम गरेको छ । कम्पनीले नेपाल रेड क्रस सोसाइटीसँगको सहकार्यमा रक्तदान कार्यक्रम गरेको हो ।

सो अवसरमा कम्पनीसँग आबद्ध व्यक्तिहरुका साथै कम्पनी बाहिरका व्यक्तिहरु समेत दर्जनौले रक्तदान गरेको जनाइएको छ । समुदायमा सकारात्मक प्रभाव पार्न सबैको सामूहिक प्रयासको आवश्यकता पर्ने भएकाले रक्तदान कार्यक्रमको आचयोजना गरेको फाउण्डेसनले जनाएको छ ।