केशको अफरमा अपाची बाइक सित्तैमा

काठमाडौँ  । केश कन्स्ट्रक्सनको आधिकारीक विक्रेता फोर्स कन्स्ट्रक्सन एण्ड एसोसियट्स प्रालिले ग्राहकका लागि नयाँ योजना ल्याएको छ । कम्पनीले ‘दमदार मेशिन दमदार अफर, टीभीएस अपाचीको सानदार सफर’ नामक योजना ल्याएको हो ।

यस योजना अन्तर्गत हरेक ब्याकहो लोडरको खरिद गर्ने ग्राहकले ‘टीभीएस अपाची आरटीआर १६०’ बाइक सित्तैमा प्राप्त गर्नेछन् । यो योजना सिमित अवधिका लागि सिमित संख्याका ब्याकहो लोडरमा लागु रहने कम्पनीले जानकारी दिएको छ ।