पञ्चकन्या ग्रुपद्वारा गोडमेल र सरसफाई

काठमाडौँ  । पञ्चकन्या ग्रुपले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत शुक्रबार राजधानीका बिभिन्न स्थानमा सडक पेटीका वोटविरुवाको गोडमेल र सरसफाई गरेको छ । panchakanya

पञ्चकन्याले ललितपुरको जावलाखेल, कोपुण्डोल, काठमाडौंको सिंहदरबार, त्रिपुरेश्वर र भृकुटी मण्डपको मूल सडकका पेटीमा रोपिएका बिरुवा गोडमेल, काटछाट, मलजल र सरसफाई गरेको हो । बढ्दो वातावरण विनाशलाई कम गर्न घना क्षेत्रमा गरिएका यस्ता वृक्षारोपणले थप सघाउ पुग्ने विश्वास पञ्चकन्या ग्रुपले लिएको छ ।

विगतमा ललितपुर उपमहानगरपालिका र काठमाडौं महानगरपालिकाको सहकार्यमा उक्त स्थानहरुमा विरुवा रोपी ग्रुपको तर्फबाट ट्र–गार्ड राखी संरक्षण तथा हेरचाह हुदै आएको जनाएको छ ।