आइतबारबाट चार लाख कित्ता आईपिओ आउदै, कँहा कँहा दिने आवेदन ?

काठमाडौँ । आरएसडिसी लघुवित्त वित्तीय संस्था लिमिटेडले ४ लाख कित्ता साधारण शेयर निष्काशन गर्ने भएको छ। लघुवित्तको साधारण शेयरका लागी भदौ ५ अर्थात आइतबारबाट खुल्ने शेयरमा छिटोमा भदौ ८ र ढिलोमा १९ गतेसम्म आवेदन दिन सकिने कम्पनीले जनाएको छ ।

लघुबित्तले प्रति कित्ता १ सय रुपैयाँका दरले ४ लाख कित्ता साधारण शेयर निश्काशनको क्रममा आब्हान पत्र प्रकाशित गरेको हो। सर्वसाधारणले न्यूनतम ५० कित्ता देखि अधिकतम  ४ हजार कित्तासम्म आवेदन दिन सक्ने छन। कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा एनआईबीएल क्यापिटल रहेको छ ।

लघुबित्तले निष्काशन गर्ने कुल ४ लाख साधारण शेयर मध्ये ८ हजार कित्ता आफ्ना कर्मचारी र २० हजार कित्ता सामूहिक लगानी कोष कम्पनीहरुलाई यस अघि नै बांडफांड गरिसकेको छ। बाँकी रहेको ३ लाख ७२ हजार कित्ता आइपीओ मात्रै सर्वसाधारणले पाउने छन ।

इच्छुक लगानीकर्ताले निष्कासन तथा विक्री प्रबन्धक एनआइबिएल क्यापिटल लाजिम्पाट, नेपाल इन्भेष्टमेन्ट बैंकका विभिन्न शाखाहरु, आरएसडिसी लघुवित्तको कार्यालय, भिबोर क्यापिटल, मानभवन, ललितपुर, प्रभु क्यापिटल कमलादी, काठमाण्डौ लगायतका निम्न स्थानहरुबाट आवेदन प्राप्त गरी आवेदन दिन सकिने बिक्री प्रबन्धक एनआईबीएल क्यापिटल जनाएको छ ।