सेञ्चुरी कमर्सियल बैंकको हकप्रद सेयर

काठमाडौँ । सेञ्चुरी कमर्सियल बैंकको आजबाट हकप्रद सेयर बिक्री खुलेको छ।

Century Bank logo

 ८५ लाख २२ हजार ४ सय कित्ता सेयर १० बराबर ३ को अनुपातमा खुलेको हो। साउन १८ गतेसम्म दोस्रो बजारबाट सेयर खरिद गरेका लगानीकर्ताले आफूसँग भएको सेयरको ३०  प्रतिशतको दरमा हकप्रद सेयर भर्न पाउँछन्।
असोज ९ गतेसम्म लगानीकर्ताले आवेदन दिन सक्ने छन्। बिक्री प्रबद्र्धक सिभिल क्यापिटल मार्केटको कमलादी शाखा तथा सेञ्चुरी बैंकका सम्पूर्ण शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ।