रिडी हाइड्रोद्वारा ६.३१५७ प्रतिशत लाभांस प्रस्ताव

काठमाडौँ । रिडी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले ६.३१५७ प्रतिशत बोनस शेयर (कर सहित) दिने भएको छ । कम्पनीको भदौ ३ गते बसेको संचालक समितिको बैठकले आफ्ना शेयरधनीहरुलाई गत बर्षको मुनाफाबाट बोनस शेयर दिने प्रस्ताव गरेको नेप्सेले जनाएको छ ।

संचालक समितिको उक्त प्रस्ताव बैंकको आगामी साधारण सभाले पारित गरेपछि लगानीकर्तालाई लाभांस वितरण गरिने छ। गत बर्ष कम्पनीले १०.५३ प्रतिशत बोनस सेयर वितरण गरेको थियो।  गत बर्ष कम्पनीले १ करोड ८५ लाख रुपैयाँ खुद मुनाफा गरेको थियो। ६.३१५७ प्रतिशत बोनस शेयर वितरणपछी कम्पनीको चुक्ता पुंजी ३५ करोड करोड रुपैयाँ पुग्ने छ। हाल कम्पनीको चुक्ता पुंजी ३३ करोड रुपैयाँ रहेको छ ।