नेपाल इन्भेष्टमेन्ट बैंकको लाभांस घोषणा

काठमाडौँ । नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडले आफ्ना शेयरधनीहरुलाई ४१ प्रतिशत लाभांस दिने भएको छ। बैंकको साउन ६ गते बसेको संचालक समितिको बैठकले लगानीकर्तालाई २० प्रतिशत बोनस शेयर र २१ प्रतिशत नगद लाभांस दिने प्रस्ताव गरेको हो।  बैंकको संचालक समितिको उक्त प्रस्ताव राष्ट्र बैंक र बैंकको आगामी साधारण सभाबाट पारित भएपछी लगानीकर्तालाई वितरण गरिने छ।

nepal investment bank

सम्बन्धित निकायको स्वीकृतिपछी बोनस वितरणपछी बैंक आठ अर्ब चुक्ता पुंजी पुर्याउने पहिलो बैंक बन्ने छ। बोनस शेयर वितरणपछी बैंकको चुक्ता पुंजी ८ अर्ब ७० करोड पुग्ने छ। हाल बैंकको चुक्ता पुंजी ७ अर्ब २५ करोड रुपैयाँ रहेको छ।  बैंकले गत आर्थिक बर्षमा २ अर्ब ५५ करोड रुपैयाँ खुद नाफा कमाएको थियो।

बोनस शेयर वितरणपछी चुक्ता पुंजी ८ अर्ब पुग्ने भएपनि बैंकले कार्यक्षेत्र तथा ब्यापार बिस्तार गर्ने क्रममा एस डेभलपमेन्ट बैंकलाई किन्ने निर्णय गरेको छ ।