‘शिखर शु’ को दशैं–तिहार योजना सार्वजनिक

काठमाडौँ । शिखर शु ले दशैं–तिहारलाई लक्षित गरी आफ्नो नयाँ ग्राहक योजना ‘शिखर धमाक्का, हरेक जेन्स सुजको खरिदमा आकर्षक लेडिज सेण्डल उपहार पक्का’ सार्वजनिक गरेको छ । यस अन्तर्गत शिखर ब्राण्डका हरेक १५ सय रुपैयाँ वा सो भन्दा बढीको जुत्ता खरिदमा ग्राहकले शिखरको एक जोर आकर्षक ‘लेडिज सेण्डल’ पक्का उपहार पाउने जनाएको छ ।  sikhar

२० वर्षअघि स्थापित यस कम्पनीले हालसम्म ग्राहकको सुविधालाई ध्यानमा राख्दै हरेक उत्पादनमा ६ महिनाको वारेण्टी समेत दिदै आएको छ । शिखर सु अब कन्भेयर मेसिन, पियू मेसिन (पोली युरेथेन) र डिएमएस (बुट बनाउने) मेसिनले सुसज्जित भैसकेको जनाएको छ ।

कम्पनीले हाल चप्पल, जुत्ता, सुरक्षा बुट, साधारण बुट, बच्चाको लागि जुत्ता लगायतका करिब ६ सय डिजाइनका जुत्ता चप्पल उत्पादन गर्दै आएको जनाएको छ । यस उद्योगमा अहिले प्रत्यक्ष र अप्रत्यक्ष गरी ४ हजार भन्दा बढी व्यक्तिले रोजगारी पाइरहेका छन् ।