बागमती विकास बैंकको १४ प्रतिशत बोनस शेयर

काठमाडौँ । बागमती विकास बैंकले १४ प्रतिशत बोनस शेयर दिने भएको छ। बैंकको संचालक समितिको बैठकले शेयरधनीहरुलाई १४ प्रतिशत बोनस तथा कर प्रयोजनका लागी ०.७ प्रतिशत नगद लाभांस दिने प्रस्ताव गरेको हो।

बैंकको संचालक समितिले गरेको उक्त प्रस्ताव राष्ट्र बैंक तथा बैंकको साधारणसभाबाट पारीत हुन बाँकी नै रहेको नेप्सेले जनाएको छ। बोनस शेयर वितरणपछि बैंकको चुक्ता पुंजी ६ करोड ५५ लाख पुग्ने छ। हाल बैंकको चुक्ता पुंजी ५ करोड ७५ लाख रुपैयाँ रहेको छ।

सानिमा बैंकले बागमती विकास बैंकलाई किन्ने सम्झौता गरेको छ ।