समता माइक्रोफाइनान्सको आईपिओ आउँदै

काठमाडौँ । समता माइक्रोफाइनान्स वित्तिय संस्था ले यहि चालु आर्थिक वर्षमा ९४ लाख ८० हजार रुपैंया बराबरको साधारण शेयर निश्कासन (IPO) गर्ने भएको छ । संस्थाले शेयर निश्कासन तथा बिक्री प्रबन्धकको रुपमा एनआईबिएल क्यापिटल रहेको छ ।

लघुवित्तले धितोपत्र बोर्डमा शेयर निश्कासनको अनुमति मागेको छ । संस्थाको चुक्ता पूँजी १ करोड ११ लाख रहेको राष्ट्र बैंकको तथ्याँकले देखाउँछ । यो संस्था एक जिल्ले कार्यक्षेत्र रहेको यो संस्थाको शेयर निष्कासनपछि चुक्ता पुँजी २ करोड १५ लाख रुपैयाँ पुग्ने देखिन्छ ।