दिव्यश्वरी हाइड्रोको साधारण शेयर बाँडफाँड

काठमाडौँ । दिव्यश्वरी हाइड्रोपावरले निस्काशन गरेको साधारण शेयर बाँडफाँड भएको छ। हाइड्रोको शेयर निष्काशन तथा बिक्रि प्रबन्धक एक क्यापिटलको मातृ कम्पनी एस डेभलपमेन्ट बैंकमा बुधबार एक कार्यक्रमका बिच शेयर बांडफांड भएको हो।

बुधबार भएको शेयर बांडफांड अनुसार ८७० कित्ता अर्थात ८७ हजार रुपैयाँसम्मका आवेदकहरुलाई गोलाप्रथाबाट शेयर वितरण गरिएको छ। त्यस्तै ८८० कित्ता अर्थात ८८ हजार रुपैयाँ देखि ९८ हजार रुपैयाँसम्मका आवेदकको हकमा अनिवार्य रुपमा १० कित्ता शेयर वितरण गरिएको छ भने ९९० कित्ता अर्थात ९९ हजार देखि अधिकतम १ लाख रुपैयाँसम्मका लागी आवेदन दिएका आवेदकलाई अनिवार्य रुपमा ११ कित्ता शेयर वितरण गरिएको छ ।

दिब्यश्वरीले निष्काशन गरेको ३ लाख ९६ हजार कित्ता साधारण शेयरका लागी झन्डै ९२ गुणा बढीले आवेदन परेको छ । कुल १ लाख १२ हजार ६ सय ४४ आवेदक मध्ये ८ म्युचुअल फन्ड सहित ३५ हजार २ सय ९२ लगानीकर्ताले दिब्यश्वोरीको साधारण शेयर पाएका छन। त्यस्तै ९९ जना आवेदकबाट ६२ हजार ५ सय १९ कित्ताको लागी परेको आवेदन रद्द भएको छ ।

सर्वसाधारणका लागी छुट्याएको ३ लाख ९६ हजार कित्ता शेयर मध्य ७ हजार ९ सय २० कित्ता सेयर कर्मचारीका लागि र १९ हजार ८ सय कित्ता शेयर सामूहिक लगानी कोषहरुलाई बाडफाँड गरिएको छ । आयोजना प्रभावित स्थानीय वासिन्दाका लागि १० प्रतिशत सेयर यस अघि नै वितरण भैसकेको छ ।

आइपीओ वितरणपछि  हाइड्रोपावरको चुक्ता पुंजी २६ करोड ४० लाख रुपैयाँ पुग्ने छ। हाल हाइड्रोको चुक्ता पुंजी १९ करोड ८० लाख रुपैयाँ रहेको छ, जसमा आयोजना प्रभावित स्थानीय वासिन्दाका लागि छुट्टयाइएको शेयरबाट प्राप्त २ करोड ६४ लाख रुपैयाँ समेत समावेश छ ।