शिखर इन्स्योरेन्स र फोटोपत्रकार क्लबबीच सम्झौता

काठमाडौँ । शिखर इन्स्योरेन्स र फोटोपत्रकार क्लबबीच फोटोपत्रकारको स्वास्थ्य, दुर्घटना र क्यामराको बीमा गर्ने सम्बन्धि सम्झौता भएको छ। सम्झौतामा शिखर इन्स्योरेन्सका कार्यकारी निर्देशक दिप कुमार पाण्डे र फोटोपत्रकार क्लबका अध्यक्ष बिकास कार्कीले हस्ताक्षर गरे।

सम्झौता अनुसार शिखर इन्स्योरेन्सले फोटोपत्रकारहरुको क्यामेरामा ३ लाख, स्वास्थ्यमा १ लाख र दुर्घटनामा ५ लाखसम्मको बीमा गर्ने भएको छ। सो अवसरमा शिखर इन्स्योरेन्सका कार्यकारी निर्देशक पाण्डेले फोटोपत्रकारसँग गरिएको बीमा सम्झौताले नयाँ मोड लिएको बताउँदै यसलाई अझ फराकिलो दायरामा लैजाने बताए।

सम्झौता अनुसार फोटोपत्रकारको क्यामेरा चोरी भएको अवस्थामा बिमा गर्न नसकिने र अन्य अबस्थामा गरिने बीमा दाबी क्लबको सिफारिसमा दिईने छ। सो अवसरमा क्लबका अध्यक्ष कार्कीले  शिखर इन्स्योरेन्ससँगको सहकार्यले फोटोपत्रकारहरुलाई निर्धक्क आफ्नो जिम्मेवारीमा लाग्न प्रेरित गरको बताए ।