एनआइसी एसियाले २६ प्रतिशत बोनस सेयर दिने

काठमाडौँ । एनआइसी एसिया बैंकले २६ प्रतिशत वोनस सेयर दिने भएको छ । चुक्ता पुँजी बृद्धिका लागि बैंकले वोनस सेयर दिन लागेको हो । नेपाल राष्ट्र बैंकले दिएको समयसिमा भित्र चुक्ता पुँजी पुर्याउने उद्देश्यले बैंकले वोनस र १.३७ प्रतिशत नगद लाभासं पनि दिने भएको हो ।

वोनस सेयर वितरणपछि १५ प्रतिशत हकप्रद दिने जनाएको छ । अहिले बैंकको चुक्ता पुँजी ४ अर्ब ५७ करोड रुपैयाँ छ । वोनस सेयर पछि ५ अर्ब ७६ करोड पुग्ने र हकप्रदपछि ६ अर्व ६२ करोड रुपैयाँ पुग्ने जनाइएको छ ।