लक्ष्मी बैंकको शाखा भरतपुरमा

काठमाडौँ । लक्ष्मी बैंकले नारायणघाटस्थित आफ्नो शाखालाई भरतपुर उपमहानगरपालिकामा स्थानान्तरण गरेको छ । बैंकले नारायाणघाटमा रहेको उक्त शाखालाई आजदेखि भरतपुर उपमहानगरपालिका ४ मा स्थानान्तरण गरेको हो ।

बैंकले सेवाग्राहीलाई थप सुविधा एवं सेवा दिनका लागि भरतपुरमा शाखा स्थानान्तरण गरेको जनाएको छ । २३०० वर्गफिट क्षेत्रफलमा अवस्थित यो नयाँ र वृहत शाखाबाट बैंकका सम्पूर्ण ग्राहक महानुभावहरुलाई थप सहजता पुग्ने र चितवन क्षेत्रको बढ्दो व्यापारिक आवश्यकता र मागहरु पूर्ण गर्न सक्ने बैंकको विश्वास छ ।

हाल बैंकले देशभरका ५३ वटा शाखाहरुबाट बैंकिङ्ग सेवा प्रदान गर्दै आइरहेको छ ।