एनएमबि बैंकको तीन नयाँ शाखा

काठमाडौँ । एनएमबि बैंकले पाल्पा, भैरहवा र दमक गरी एकै साथ तीन नयाँ शाखाहरुको सुरुवात गरेको छ । फरक कार्यक्रमहरुमा आइतबार नेपाल राष्ट्र बैंकका गर्भनर डा. चिरन्जीवी नेपालले एनएमबि बैंक पाल्पा र भैरहवा शाखाको उद्घाटन गरेका हुन् ।

यस्तै, बैंकका संचालक नन्द किशोर राठी तथा नेपाल राष्ट्र बैंकका क्षेत्रिय प्रवन्धक रामु पौडेलले संयुक्त रुपमा दमक शाखाको उद्घाटन गरेका छन् ।

शाखा उद्घाटनका अवसरमा गर्भनर डा. नेपालले पाल्पा र भैरहवामा एनएमबि बैंकको नँया शाखाको सुरुवात भएकोमा खुशी व्यक्त गर्र्दै बैंकले स्थानीयको सरल बैकिङ्ग पँहुचमा समेत टेवा पुग्ने बताए । बैंकको कुल ७१ शाखा ५० एटिएम र ७ एक्टेन्सन काउन्टर पुगेको छ भने बैंक देशकैे अग्रणी बैंकहरुको सुचिमा समेत स्थापित भैसकेको छ ।