तीजको अवसरमा यती डेभलपमेन्ट बैंकको बैंकिङ साक्षरता

काठमाडौँ । यती डेभलपमेण्ट बैंकले तीजको अबसरमा महिलाहरुलाई लक्षित गरी बैकको पालुङ्ग शाखामा शनिबार लघुबित्त तथा बित्तीय साक्षरता सम्बन्धि १ दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न गरेको छ ।

सो कार्यक्रममा ५ सय बढी कृषि पुशपालन तथा घरेलु व्यवसायमा आबद्ध महिलाहरुको सहभागी भएको बैंकले जानकारी दिएको छ ।कार्यक्रममा बैंकको सामाजीक उत्तर दायित्व शाखाकी प्रमुख दिपान्ली खकुरेल तथा हिमराज दवाडीले बित्तीय साक्षरता तथा लघुवित्तको परिचय यसको महत्व र फाईदाको विषयमा प्रशिक्षण दिएका थिए ।

त्यस्तै एटिएम कार्ड तथा मोबाइल बैंकिङ महिलाहरुको पहुँचमा पुर्याउने उद्धेश्यले बैकका कर्मचारी आस जरेजुले ए.टि.एम तथा मोबाइल बैंकिङको उपयोगिताको तथा त्यसको प्रयोगको बारेमा जानकारी गराएका थिए ।