अटो शो मा हिमालयन बैंकको अफर

काठमाडौँ । हिमालयन बैंक लिमिटेडले हाल सञ्चालन भै रहेको नाडा अटो सो लाई मध्यनजर गर्दै सवारी साधन कर्जामा विशेष छुट तथा सुविधा प्रदान गरेको छ ।

अटो सो अवधिभर बैंकले वार्षिक ६.५०% (व्यक्तिगत) र बार्षिक ९.००% (व्यावसायिक) ब्याजदरमा सवारी साधन कर्जा उपलब्ध गराउने भएको छ । साथै बैंकले कर्जा सेवा शुल्कमा समेत विशेष छुट दिई ०.२५% मात्र निर्धारण गरेको छ । ब्यक्तिगत सवारी साधनको लागि कुल मूल्यको ८० प्रतिशतसम्म कर्जा उपलब्ध गराइनुका साथै कर्जा भुक्तानीको अवधि ८ वर्षको रहनेछ ।

त्यसैगरि व्यावसायिक प्रयोजनका सवारी साधनको लागि मूल्यको ७० प्रतिशतसम्म कर्जा उपलब्ध गराइने र कर्जा भुक्तानीको अवधि ५ वर्षको रहनेछ ।