सिटिजन्स बैंकका लगानीकर्तालाई २४ प्रतिशत बोनश शेयर

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनलले लगानीकर्तालाई २४ दशमलव ४९ प्रतिशतका दरले बोनस शेयर दिने भएको छ । बैंकको सोमबार बसेको सञ्चालक समितिको बैंकले आफ्ना लगानीकतालाई २४ दशमलव ४९ प्रतिशत बोनश शेयर र कर प्रयोजनका लागि १ दशमलव २९ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो ।

citizens bank international

हाल ३ अर्ब ६ करोड ५२ लाख ३३ हजार रुपैयाँ चुक्ता पूँजी रहेको बैंकको बोनस शेयर वितरण भएपछि चुक्ता पुँजी ३ अर्ब ८१ करोड रुपैयाँ पुग्नेछ ।

बैंकले प्रस्ताव गरेको उक्त लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृत पश्चात र बैंकको साधारण सभाबाट पारित भएपछि मात्र वितरण हुनेछ ।