भृकुटीमण्डपमा आजदेखी बृहत अटो शो

काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा आजदेखी देशकै बृहत अटो शो, नाडा अटो शोको आयोजना हुदैछ । ६ दिनसम्म चल्ने उक्त शोको आयोजना नाडा अटोमोबाइल्स एशोसियशन अफ नेपाल र ग्लोबल एक्पोजिसन एण्ड म्यानेज्मेन्ट सर्भिसेज प्रालिलेसंयुक्त रुपमा गरेको हो । यस वर्षको अटो शोको मुख्य प्रयोजक सर्भो रहेको छ ।

उक्त अटो शो मा विभिन्न ब्राण्डका फरक–फरक मोडलहरु, पार्टपुर्जा, तथा सवारी साधनहरुसँग सम्बन्धित एसेसोरिजहरु लगायतका सामानहरु प्रदर्शनीमा राखिनेछन् । नेपाली बजारमा पाइने प्रायजसो सबै प्रकारका सवारी साधनहरु उक्त शोमा पाइने हुनाले हरेक वर्ष नाडा शोले चर्चा पाउने गर्छ ।

यस वर्षको नाडा शोमा साना तथा ठूला गरि १ सय २५ स्टलहरु रहने आयोजकले जनाएको छ । शोमा ७४ कम्पनीहरुको सहभागीता रहनेछ । त्यस्तै प्रदर्शनीमा १६ ओटा ब्राण्डका ४ पाङ्ग्रे, १५ ओटा ब्राण्डका, २ पाङ्ग्रे तथा ५ ओटा हेभी ब्राण्डका हेभी कमर्शियल सवारी साधन रहनेछन् ।