हुन्डाई दशैं–तिहार योजना

काठमाडौं । नेपाल स्थित हुन्डाई गाडीको आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले दशैं–तिहार योजना अन्तर्गत हुन्डाई फेस्टिभ डिलाइट योजना घोषणा गरेको छ । यो योजना अन्तर्गत ग्राहकहरुले हरेक हुन्डाई गाडीको खरिदमा उपहार र नगद छुट पाउने जनाइएको छ ।

भदौ १३ गते देखि लागु गरिएको यो योजनामा हुन्डाई गाडीको खरिदमा हरेक ग्राहकले ६ लाखसम्मको छुट र १ वर्षको लागि बीमा प्राप्त गर्नेछन् । त्यसैगरी लक्ष्मी हुन्डाईले आफ्नो ग्राहकहरुका लागि सय तोला सुनको उपहारको घोषणा गरेको छ ।

एक सय जना भाग्यमानी विजेताले एक–एक तोला सुन प्राप्त गर्ने र भाग्यशाली विजेताको घोषणा योजनाको अन्त्यमा लक्की ड्र मार्फत गरिने जनाइएको छ । यो योजनाको बम्पर पुरस्कार हुन्डाई क्रेटा र हुन्डाई इलाइट आइ २०’ रहने छ । दुई जना भाग्यशाली विजेताहरुले बम्पर पुरस्कार जित्ने मौका पाउने र भाग्यशाली विजेताहरुको घोषणा लक्की ड्र मार्फत गरिने छ ।

हुन्डाई नेपाल अधिराज्यभरी १६ वटा शोरुम रहेका छन् जसमध्ये १३ वटा काठमाडौं उपत्यका बाहिर छन् भने ३ वटा उपत्यका भित्र छन् ।