अटो शोमा आईएमईको नयाँ गाडी प्रदर्शन हुने

काठमाडौं । आईएमई ग्रुप अन्तर्गतको सवारी साधनहरुको कारोबार गर्ने भगिनी संस्था एलटी ईन्टरप्राईजेजले नाडा अटो शो मा अशोक लेलैण्ड ब्राण्डका ठुला तथा साना रेन्जका कर्मशियल गाडीहरुको प्रर्दशनी गर्ने भएको छ ।

अटो शोमा ‘यु २५१८ टिपर’ र लाइट कमर्सियल भ्याइकल ‘डोस्ट’ प्रर्दशनीमा राख्ने भएको छ । नेपालको बाटो सुहाँउदो र कम लगानीमै धेरै नाफा गर्न लगानीकर्ताको मन जित्न सफल रहेको यो गाडी डोस्ट पासिनग नामक अर्को एलसीभी गाडीको पनि नाडा अटो शो प्रर्दशनीेबाट कन्सेप्ट लन्च भएको र यसको वुकिङ सुरु भएको कम्पनीले जनाएको छ ।

त्यसैगरि अशोक लेलैण्ड ब्राण्डका बस सेग्मेन्ट अन्तर्गतको नयाँ गाडी ‘सनसाइन स्कुल बस’ को पनि अटो शो प्रर्दशनीेबाट नेपालमा कन्सेप्ट लन्च भएको र बुकिङ्ग पनि लिन शुरु गरिने जनाइएको छ ।

अशोक लेलैण्ड इण्डियामा निर्मित ब्राण्ड हो । सुप्रसिद्व हिन्दुजा ग्रुपको इतिहास बोकेको यस ब्राण्डले नेपालमा अबका दिन अशोक लेलैण्डको बनाउने प्रतिबद्वताका अगाडि आएको छ । नेपाली बजारमा अशोक लेलैण्ड ब्राण्डका बस, ट्रक, टिपर र लाइट भेहिकल भित्रिने गरेका छन् ।