लक्ष्मी बैंकको मध्यपश्चिममा २ नयाँ शाखा विस्तार

काठमाडौँ  । लक्ष्मी बैंकले रुकुमको चौरजहारी र जाजरकोटको खलंगामा नयाँ शाखा विस्तार गरेको छ । आफ्नो सेवा सहज रुपमा पुर्याउने लक्ष्यका साथ बैंकले मध्यपश्चिमको चौरजहारी र खलंगामा शाखा सन्चालमा ल्याएको जनाएको छ ।

laxmi_home_loan

लक्ष्मी बैंकको शाखा सन्चाल अब ५२, बिस्तार काउन्टर २ र एटिएम ७१ पुगेको जनाएको छ । यी शाखाका साथ बैंकले आफ्नो सेवा अझ सुढृढर व्यापक बनाउने विश्वास राखेको छ ।

शाखाको विस्तारसँगै बैंकले चौरजहारी र खलंगाजस्तो बैंकिङ क्षेत्रमा पिछडिएका क्षेत्रमा ग्राहकलाई उनीहरुकै रोजाइको माध्यम इन्टरनेट र मोवाइल फोनमार्फत बैंकिङ सेवा प्रदान गरी सहरी तथा अर्धसहरी क्षेत्रमा आफ्नो ब्रान्ड तथा ग्राहक अनुभवलाइै अझ सशक्त पार्नै जनाएको छ ।