सुर्योदय लघुवित्तको आइपिओमा ७९ गुणा बढी आवेदन

काठमाडौँ  । सुर्योदय लघुवित्तको साधारण शेयरमा दोश्रो दिनसम्ममा माग गरिएको शेयर भन्दा ७९ दशमलव ४१ गुणा बढीको आवेदन परेको छ । लघुवित्तको शेयर निष्काशन तथा बिक्रि प्रबन्धक ग्लोबल आईएमई क्यापिटलका अनुसार आइतबार र सोमबार गरि लघुवित्तको साधारण शेयरमा ९५ करोड ३० लाख १५ हजार ८ सय रुपैंयाको आवेदन परेको छ ।

यस कम्पनीले भदौ १२ गतेबाट सर्वसाधारणका लागि शेयर निश्कासन गरेको हो । कम्पनीले १०० रुपैयाँ अंकित दरका १ लाख २० हजार कित्ता शेयर सर्वसाधारणका लागि निष्काशन गरेको हो ।

कम्पनीले यसमध्येबाट ४ हजार ८ सय हजार कित्ता कर्मचारीका लागि सुरक्षित गरेको साथै ६ हजार कित्ता शेयर सामूहिक लगानी कोषका लागि बाँडफाँट गरिसकेको छ । बाँकी रहेको शेयरमा मात्र सर्वसाधारण लगानीकर्ताहरुले आवेदन दिन पाउने छन् ।

कम्पनीको शेयरमा न्युनतम ५० कित्ताका लागि आवेदन दिन सकिन्छ । बढिमा १ हजार कित्तासम्मका लागि आवेदन दिन सकिने कम्पनीले जनाएको छ । हाल कम्पनीको चुक्ता पूँजी २ करोड ८० लाख रहेको छ । आईपिओ निष्कासन पछि कम्पनीको चुक्ता पूँजी ४ करोड रुपैयाँ पुग्ने छ ।