वोमी माइक्रोफाइनान्सको १ लाख ८० हजार कित्ता हकप्रद

काठमाडौँ । वोमी माइक्रोफ़ाइनन्सले भदौ १३ देखि हकप्रद बिक्रि खुला गरेको छ। माइक्रोफ़ाइनान्सले आफ्ना शेयरधनीहरुलाई २:१ अर्थात ५० प्रतिशत हकप्रद निष्काशन गरेको हो।

साउन २० गते सम्म कायम शेयरधनीले हकप्रदका लागी भदौ १३ देखि १६ सम्म आवेदन दिन सक्ने छन। इच्छुक शेयरधनीहरुले हकप्रदका लागी कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक सिद्दार्थ क्यापिटल र  वोमी माइक्रोफाइनान्सको शाखा  कार्यालयबाट आवेदन दिन सक्ने छन। माइक्रोफाइनान्सले प्रति कित्ता १ सय रुपैयाँका दरले १ लाख ८० हजार कित्ता हकप्रद निष्काशन गरेको हो ।

५० प्रतिशत हकप्रदपछि माइक्रोफाइनान्सको चुक्ता पुंजी ५ करोड ४० लाख रुपैयाँ पुग्ने छ। हाल माइक्रोफाइनान्सको चुक्ता पुंजी ३ करोड ६० लाख रुपैयाँ रहेको छ ।