टेलिकमले ल्यायो डाटा प्याक अफर

काठमाडौँ । नेपाल टेलिकमले इन्टरनेट चलाउने आफना ग्राहकलाई लक्षित गर्दै नयाँ डाटा प्याक ल्याएको छ । टेलिकमले बुवाको मुख हेर्ने दिनको अवसरमा शुभ बिहानी–सन्ध्या डाटा प्याक अफर ल्याएको हो।  उक्त डाटा प्याक अफर अन्तर्गत ग्राहकले ४५ रुपैयाँमा ३ दिनको म्याद भएको १०० एमबी डाटा  वा  ९० रुपैयाँमा ७ दिन म्याद भएको २२५ एमबी डाटा लिन सक्ने छन्  ।

यो मूल्यमा ग्राहकले तिर्नुपर्ने कर नजोडिएको पनि टेलिकमले जनाएको छ । अफर बिहान ५ बजेदेखि ९ बजेसम्म र साँझ ३ बजेदेखि ७ बजेसम्म प्रयोग गर्न सकिने छ।  योजना भदौं १६ गतेदेखि लागू भई ३ महिनासम्म जारी रहेन छ ।

सेवा लिन ग्राहकले एक सय एमबीका लागि SPECIAL100MB  र २२५ एमबी डाटाका लागि SPECIAL225MB लेखेर १४१५मा एमएमएस पठाउनु पर्नेछ ।