एलआईसी नेपालको ‘जीवन श्री’ योजना

काठमाडौँ । “तपाई…खुसीको खाता खोल्नुहोस्” भन्ने सन्देशकासाथ न्युनतम् ७ वर्षदेखि ५० वर्ष उमेरसम्मका ग्राहकहरुलाई लक्षित गरी एल.आई.सी. नेपालले ‘जीवन श्री’ नामक जीवन बीमा योजना बजारमा ल्याएको छ । भाद्र १४ गते एक समारोहबीच उक्त ‘जीवन श्री’ योजनाको औपचारिक सार्वजनिकरण बीमा समितिका अध्यक्ष प्रा. डा. फत्त वहादुर के.सी. ले गरे ।

बीमा अवधि १५ वर्ष र न्युनतम बीमाङ्क रकम रु. ५ लाख रहने यस बीमा योजनामा विमितलाई पहिलो ५ वर्षका लागि रु. ६५ प्रतिहजार प्रति वर्ष सुनिश्चित लाभ बोनसको रुपमा र छैटौंदेखि परिपक्वता समयसम्म कम्पनीले घोषणा गरे अनुसार बोनसदर प्रदान गरिनेछ ।

सो योजनामा विमितले वीमाशुल्क ५ वर्षमा तिरेर १५ वर्षसम्म दुर्घटना लाभसहितको जीवन बीमा सुविधा लिन सक्नेछन् । योजनामा बीमाशुल्क अत्यन्त न्युन तर प्रतिफल उच्च रहेको छ । २ वर्षको बीमाशुल्क भुक्तानीपश्चात् विमितले कम्पनीबाट कर्जा तथा बीमा समर्पण सुविधासमेत लिन सक्नेछन् ।