शिवम् सिमेन्टको ‘चाँदी नै चाँदी’ अफर

काठमाडौँ । नेपालको एक अग्रणी सिमेन्ट उत्पादक कम्पनी शिवम् सिमेन्ट लिमिटेडले नजिकिदै गरेको दशैं , तिहार र छठ पर्वको अवसरमा आफ्ना सम्पूर्ण ग्राहकहरुलाई चाडपर्वको शुभकामना व्यक्त गर्दै“चाँदी नै चाँदी” नामक योजना बजारमा ल्याएको छ ।

सो योजना अन्तर्गत, चाडपर्वको अवसरमा शिवम्सिमेन्टलेप्रत्येक ४० बोरा सिमेन्टको खरिदमा १० ग्राम “लक्ष्मी–गणेश” अकिंत चाँदीको सिक्का उपहार योजना लागू गर्ने भएको छ । योजना सीमित स्टकको लागि नेपाल अधिराज्यभर लागू गरिएको कम्पनीले जनाएको छ ।

विगत लामो समयदेखि गुणस्तरयुक्त असली ओ.पि.सि. सिमेन्ट उत्पादन गर्दै निमार्ण क्षेत्रमा एक अग्रणी स्थान हासिल गर्न सफल शिवम्सिमेन्ट समय–समयमा आफ्ना ग्राहकहरुलाई विभिन्न योजनाहरु मार्पत थप उत्साह प्रदान गर्दै सहुलियत दिँदै आइरहेको छ । यसै क्रममा अब कम्पनीले विशेष चाडपर्वलाई लक्षित गर्दै लक्ष्मी र गणेश अंकित चाँदीको सिक्का उपहार स्वरुप प्रदान गर्ने योजना ल्याएको हो ।