सप्तकोशी डेभलपमेण्ट बैंक र युनाइटेड फाइनान्सको लाभांस घोषणा

काठमाडौँ । बुधबार  सप्तकोशी डेभलपमेण्ट बैंक र युनाइटेड फाइनान्सले लाभांस प्रस्तावको घोषणा गरेका छन् । यी दुई कम्पनीले गत आर्थिक वर्षको आम्दानीबाट लगानीकर्तालाई बोनसको प्रस्ताव गरेका हुन् ।

 बिराटनगरमा मुख्य कार्यालय रहेको सप्तकोशी डेभलपमेण्ट बैंकले आफ्ना शेयरधनीहरुलाई ११ प्रतिशत बोनस तथा कर प्रायोजनका लागि  ५ लाख ७८ हजार ९ सय ४७ रुपैंया नगद लाभांस बितरण गर्ने प्रस्ताव गरेको  छ ।   बैंकको सोमबार बसेको संचालक समितिको बैठकले गरेको यो प्रस्ताव आगामी साधारण सभाबाट पारित भए पछि र नेपाल राष्ट्र बैंकबाट स्वीकृत भए पछि र वितरण हुने छ ।  बैंकले गत आर्थिक वर्षमा ९३ लाख ७८ हजार रुपैंया खुद नाफा कमाएको थियो ।

त्यसै  काठमाण्डौंमै मुख्य कार्यालय रहेको युनाइटेड फाइनान्सले  आफ्ना लगानीकर्तालाई २० प्रतिशत बोनस शेयर तथा १ दशमलव शुन्य ५ प्रतिशत नगद लाभांस दिने प्रस्ताव गरेको छ । फाइनान्सको मंगलबार बसेको सञ्चालक समितिको बैठकले यस्तो प्रस्ताव गरेको हो ।     उक्त प्रस्ताव नेपाल राष्ट्र बैंक  र फाइनान्सको साधारण सभाले पारित गरेपछि लगानीकर्ताले प्रस्तावित बोनस पाउने छन् । अघिल्लो आर्थिक वर्षमा फाइनान्सले ९ करोड ९ लाख ६५ हजार रुपैंया खुद नाफा कमाएको थियो ।