गुडविल फाइनान्सको २५ प्रतिशत बोनस शेयर

काठमाडौँ । गुडविल फाइनान्सले आफ्ना शेयरधनीहरुलाई लाभांस दिने प्रस्ताव गरेको छ। फाइनान्सको बुधबार बसेको संचालक समितिको बैठकले लगानीकर्तालाई  २५ प्रतिशत बोनस शेयर र १ दशमलव ३२ प्रतिशत नगद लभांस बितरण गर्ने प्रस्ताव गरेको हो ।

share

फाइनान्सले गत आर्थिक बर्षमा ३ करोड १४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो। सोहि कमाइबाट फाइनान्सले आफ्ना लगानीकर्तालाई बोनस शेयर दिन लागेको हो ।  फाइनान्सको लाभांस प्रस्ताव राष्ट्र बैंकले स्वीकृत दिएपछि र फाइनान्सको आगामी बार्षिक साधारणसभाबाट पारित भएपछि लगानिकर्ताले  लाभांस पाउने छन् ।

हाल फाइनान्सको चुक्ता पुंजी ३६ करोड रुपैयाँ रहेको छ भने कम्पनीको जगेडा कोष रकम १८ करोड ९३ लाख रुपैयाँ रहेको छ। यस अवधिमा फाइनान्सको प्रति शेयर आम्दानी ३६ रुपैयाँ, प्रति शेयर नेटवर्थ १५२, मूल्य आम्दानी अनुपात ९ं२२ र पूँजी कोष अनुपात १५।५१ रहेको छ ।