डिस होममा दुई नयाँ च्यानल थप

काठमाडौँ । डिटिएच सेवा प्रदायक कम्पनी डिस होमले आफ्नो नेटवर्कमा दुई नयाँ च्यानल थप गरेको छ । डिस होमले खेलकुदका च्यानलहरु ‘स्टार स्पोर्ट्स सेलेक्ट एचडि वान’ र  ‘स्टार स्पोर्ट्स सेलेक्ट एचडि टु’ थप गरेको हो। यी च्यानलहरु ‘स्पोर्ट्स एचडि’ र लाइफस्टाईल  एचडिमा भेट्न सकिन्छ ।

‘स्टार स्पोर्ट्स सेलेक्ट एचडि वान’  च्यानल नम्बर ९४४ र  ‘स्टार स्पोर्ट्स सेलेक्ट एचडि टु’ च्यानल नम्बर ९४५ मा  उपलब्ध हुने डिस होमले जनाएको छ ।