कृषि बिकास बैंक विद्युतीय भुक्तानी प्रणालीमा

काठमाडौँ । बैंक वित्तीय संस्थालाई अन्तरबैंक विद्युतीय भक्तानी प्रणालीमा आवद्ध गराउदै लाने क्रममा नेपाल क्लियरिङ्ग हाउस लिमिटेडले कृषि बिकास बैंकसँग अन्तरबैंक विद्युतीय भुक्तानी प्रणाली सेवा सम्बन्धि सम्झौतामा हस्ताक्षर गरेको छ ।

krishi

सम्झौतापत्रमा नेपाल क्लियरिङ्ग हाउस लिमिटेडका तर्पबाट प्रमुख कार्यकारी अधिकृत नीलेश मान सिंह प्रधान र कृषि बिकास बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत लिलाप्रकाश सिटौला हस्ताक्षर गरेका छन् । सम्झौता अनुसार नेपाल क्लियरिङ्ग हाउस लिमिटेडले बैकलाई अन्तर बैंक विद्युतीय भुक्तानी सेवा संचालनको लागि प्रणाली उपलब्ध गराउने छ ।

यो प्रणालीमा कम्पनीसँग आवद्ध सदस्य बैंक तथा वित्तीय संस्थाहरुमा रहेका ग्राहकहरुको कुनै पनि खातामा भुक्तानी दिने र लिने कारोबार पूर्णतया रुपमा संचालन गर्न सक्नेछन् ।