नेपाल टेलिकमको ‘फेस्टिवल अफर’, इन्टरनेट झनै सस्तो

काठमाडौँ । नेपाल टेलिकमले ‘फेस्टिवल अफर’ अन्तर्गत जीएसएम प्रिपेड मोबाइल प्रयोगकर्ताहरुका लागि शुभ रात्री प्याकेज ल्याउने भएको छ । यो अफर राती ११ बजेदेखि विहान ५ बजेसम्म प्रयोग गर्न सकिने छ । उक्त अफर आगामी २०७३।०५।१८ देखि १५ दिन (२०७३।०६।०१) सम्म लागू हुनेछ ।

nepal telecom

जस अनुसार ५०० एमबी डाटा भोल्युमको लागि ४० रुपैयाँ र १२०० एमबी डाटा भोल्युमको लागि ८५ रुपैयाँ लाग्ने छ । ५०० एमबी डाटा भोल्युमको ७ दिन र १२०० MB डाटा भोल्युमको म्याद १५ दिन रहने छ ।

  उपभोक्ताले ५०० MB डाटा गर्नका लागि SPECIAL 500MB र १२०० एमबी डाटा  लिन SPECIAL1200MB लेखेर १४१५ मा एसएमएस पठाउनु पर्छ । उपरोक्त महसुल दरमा नियमानुसार लाग्ने कर समावेश नगरिएको टेलिकमले जनाएको छ ।