सहयोगी विकास बैंकको २२ प्रतिशत बोनस

काठमाडौँ । सहयोगी विकास बैैंकले सेयरधनीलाई २२ प्रतिशतका दरले बोनस सेयर दिने भएको छ । बैंकको यो प्रस्ताव अनुसार एक सय कित्ता सेयर हुने लगानीकर्ताले २२ कित्ता बोनस सेयर पाउँछ्न्।

 बैंक सञ्चालक समितिको विहीबार बसेको बैठकले गत वर्षको नाफाबाट बैंकले सेयरधनी सदस्यलाई २२ प्रतिसत बोनस सेयर दिन लागेको हो । कर प्रयोजनका लागि १.१६ प्रतिसत नगद लाभांस दिने प्रस्ताव पनि सञ्चालक समितिले गरेको छ ।
तीन जिल्ला कार्यक्षेत्र भएको यो बैंकको चुक्ता पुँजी हाल २५ करोड ७८ लाख रुपैयाँ छ । बोनस सेयर वितरण गरेपछि चुक्ता पुँजी ३१ करोड रुपैयाँ नाघ्छ । गत आर्थिक वर्षमा बैंकले गत आर्थिक वर्षमा यो विकास बैंकले सात करोड ५५ लाख रुपैयाँ खुद नाफा कमाएको छ ।