एनबी बैंकका लगानीकर्तालाई ३२ प्रतिशत बोनस

काठमाडौँ  । नेपाल बंगलादेशका लगानीकर्ताले ३२ प्रतिशत बोनस शेयर पाउने भएका छन ।

बैंकको शुक्रबार बसेको संचालक समितिको बैठकले आफ्ना शेयरधनीहरुलाई ३२ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागी १ दशमलब ७ प्रतिशत नगद लाभांस दिने प्रस्ताव गरेको हो। बैंकको संचालक समितिको सोहि बैठकले बोनस शेयरपछि हुन आउने पुंजीमा गत वर्ष घोषणा गरिएको ८० प्रतिशत हकप्रद शेयर पनि जारी गर्ने बताइएको छ। बैंकले गत बर्षको खुद मुनाफाबाट लगानीकर्तालाई बोनस शेयर दिने प्रस्ताव गरेको हो।

लाभांस घोषणा गर्नेमा चौथो नम्बरमा रहेको एनबि बैंक लाभांस दिनेमा पहिलो बनेको छ। यस अघि लाभांस घोषणा गरेका एनआईसी एशियाले २६, सिटिजन्स बैंकले २४।४९ र नेपाल इन्भेष्टमेन्ट बैंकले २० प्रतिशत लाभांस दिने घोषणा गरेका छन।   नेपाल बंगलादेश बैंकको हालको चुक्ता पुंजी ३ अर्ब ३ करोड रुपैयाँ रहेको छ।

३२ प्रतिशत बोनश शेयर वितरण गरेपछि चुक्ता पूँजी ३ अर्ब ९९ करोड पुग्ने छ । बोनसपछि त्यसको ८० प्रतिशत हकप्रद शेयर जारी गर्दा बैंकको चुक्ता पुंजी ७ अर्ब १८ करोड नाघ्ने छ ।