अरुण भ्याली हाइड्रोको १० प्रतिशत बोनस शेयर

काठमाडौँ । अरुण भ्याली हाईड्रोपावरले लगानीकर्तालाई १० प्रतिशत बोनस शेयर दिने भएको छ। कम्पनीको १९ औ साधारणसभाले शेयरधनीहरुलाई १० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागी ०।५२६ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो ।

कम्पनीको सोहि साधारणसभाले आर्थिक वर्ष २०७२/७३ को वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाह लगायतका वित्तीय विवरण स्वीकृत गरेको जनाएको छ । कम्पनीले ९ दशमलब ९४ मेगावाट क्षमताको काबेली–१ क्यासकेट जलविद्युत आयोजनाको लागी लगानी जुटाउन ३१ लाख ५७ हजार ८ सय ३३ कित्ता शेयर जारी गर्ने तयारी गरेको छ ।

कम्पनीले विद्युत विकास विभागबाट उक्त जलविद्युत आयोजनाको र्वेक्षण अनुमतिपत्र (लाइसेन्स) पाइसकेको जनाएको छ ।