नेपालमै पहिलोपटक खुल्ने भो ‘फेसन सस्तो बजार’

१९ भदौ, काठमाडौं । नेपालमा पहिलोपटक ब्राण्डेड फेसन सामानहरु बिक्री÷वितरण गर्ने सस्तो बजार खुल्ने भएको छ । सुन्धारास्थित धरहराको पछाडि थाहा टोलमा दुई रोपनी जग्गामा ‘सस्तो फेसन बजार’ खोल्न लागिएको हो ।
असोज पहिलो सातासम्ममा अर्थात् दशैंअघि फेसन बजार सञ्चालनमा ल्याउने बजारका सञ्चालक सुरेश लामिछानेले जानकारी दिए ।sasto bazar 2sasto bazar 1
लामिछानेका अनुसार ग्राहकलाई एउटै छानामुनी सस्तो मुल्यमा फेसनका सामानहरु उपलब्ध गराउने उद्देश्यले नेपालमै पहिलोपटक फेसन सस्तो बजारको अवधारणा ल्याइएको हो ।
‘अहिलेसम्म नेपालमा यस्ता किसिमका बजारहरु खुलेका छैनन्,’ सञ्चालक लामिछानेले भने– ‘सुन्धारातिर एउटा सानो सटरको ३०÷४० हजार रुपैयाँ पर्छ, तर हामीले मिडियम साइजको सटर १२ देखि १६ हजार रुपैयाँमै उपलब्ध गराउँछौं ।’
‘धेरै बेच्ने, सस्तोमा बेच्ने र ब्राण्डेड सामानमात्रै बेच्ने’ आफूहरुको उद्देश्य रहेको उनले बताए । बाहिरको मुल्यभन्दा आइटम हेरी ३० देखि ४० प्रतिसतसम्ममा ब्राण्डेड सामान बिक्री÷वितरण गर्ने लामिछानेले दाबी गरे ।
‘हामीले गुणस्तरीय नेपाली उत्पादनको प्रवद्र्धन गर्न खोजेको हौं,’ उनले भने ।
लामिछानेको अनुसार बजार निर्माणका लागि ५ करोड रुपैयाँको खर्च भएको छ । बजारको भौतिक निर्माण कार्य सकिएको छ, केहीदिनभित्रै सटरहरु भाडामा लगाइने छ । बजारमा ४० वटा सटर रहने छन्, जहाँ एक सटरमा एउटामात्रै आइटम राख्न पाइने छ ।
बजारमा स्वदेशी तथा विदेशी ब्राण्डेड सामानहरु पनि उपलब्ध हुनेछन् । बजारभित्र चस्मा, जुत्ता, लेहेंगा, साडी, फेन्सी, अन्डर गार्मेन्टका पसल रहनेछन् भने एउटा स्तरीय शैलुन रहने लामिछानेले बताए ।
दुई तलाको यो भनव सुरुका तला आरसीसी ढलान र माथिल्लो तला प्रिफाइव भएकाले पूर्णरुपमा भूकम्प प्रतिरोधी छ । सटर पाँच वर्षका लागि भाडामा लगाइने र पाँच वर्षपछि नविकरण गरिने छ ।
सञ्चालक लामिछानेका अनुसार फेसन सस्तो बजारमा सटर लिन इच्छुकले फेसन सस्तो बजारको फेसबुक पेज https://www.facebook.com/fashionsastobazar/ ?ref=br_rs र वेव पेज www.fashionsastobazar.com मा गएर सम्पर्क गर्नसक्ने छन् । बजारबाट फेसनसँग सम्बन्धित नयाँ–नयाँ उत्पादनको डिजाइनसमेत हुने उनले बताए केही समयभित्रै अनलाइन सपिङको व्यवस्था मिलाइने छ ।

बजारमा १०० वटा मोटर साइकल र आधा दर्जन जति गाडी पार्किङ गर्न सकिने भएकाले आफ्नो साधन लिएर सामान किन्न जानेलाई पनि सजिलो हुने उनको भनाई छ ।