यामाहाको दसैं अफर : हरेक साता जापानको सफर

काठमाडौँ ।  दसैं र तिहारलाई लक्षित गरी यामाहा मोटरसाइकलको आधिकारिक विक्रेता एमएडब्लु इन्टरप्राइजेजले ग्राहकका लागि नयाँ अफर ‘टेक्नो ट्रिप टु टोकियो’ ल्याएको छ ।

यो अफरअन्तर्गत हरेक हप्ता यामाहा ब्रान्डका मोटरसाइकल र स्कुटर किन्ने ग्राहकमध्ये एक जना भाग्यशाली ग्राहकले जापान भ्रमणको अवसर पाउनेछन् । साथै, हरेक ग्राहकले सीधै आठ हजार रुपैयाँ नगद छुट पाउन जनाइएको छ । हरेक साता हुने लकी ड्रमा जित हासिल गर्ने भाग्यशाली ग्राहकले जापानस्थित यामाहाको कम्युनिकेसन प्लाजा, प्लान्ट र अन्य पर्यटकीय क्षेत्रको अवलोकन गर्ने मौका पाउने जनाइएको छ ।

एमएलब्डुका सेल्स एन्ड बिजनेस डेभलोपमेन्ट एजीएम दिपक रौनियारले यामाहाको प्रयोग गर्ने प्रविधिलाई भाग्यशाली ग्राहकले आफ्नै आँखाले हेर्ने र अनुभव गर्ने अवसर पाउने वताए । एमएडब्लुले भर्खरै मात्र ‘स्पोर्टी’ स्कुटर रे जेडआर नेपाली बजारमा सार्वजनिक गरेको थियो ।

यसबाहेक बजारमा यामाहा एफजेड–एस एफआई, एफजेड एफआई, आर १५, स्यालुटो, एसजीआरआर, फेसिनो र रेजी लगायतका दुईपांग्रे उपलब्ध छन् । एमएडब्लुले अत्याधुनिक अटोमोबाइल प्रविधिजडित आर३को विक्रीलाई पनि तीव्र पार्ने भएको छ ।