एनएमबी माइक्रोफाईनान्सको २५ प्रतिशत वोनस

काठमाडौँ  । एनएमबी माइक्रोफाईनान्स वित्तीय संस्थाले आफ्ना लगानीकर्तालाई २५ प्रतिशत वोनस शेयर दिने प्रस्ताव गरेको छ । आइतबार बसेको कम्पनी संचालक समितिको बैठकले २५ प्रतिशत वोनस र कर प्रयोजनका लागि १.३१ प्रतिशत नगद लाभास  प्रस्ताव गरेको हो ।

 लाभांस राष्ट्र बैंकको स्वीकृतीपछि र कम्पनीको साधारणसभाले अनुमोदन गरेपछि लगानीकर्ताले प्राप्त गर्ने छन् । हाल कम्पनीको चुक्तापुंजी ७ करोड ४१ लाख रहेको छ। बोनस वितरणपछि चुक्ता पुंजी ९ करोड २६ लाख रहेको छ   ।   गत आर्थिक बर्षमा एनएमबी माइक्रोले २ करोड ९८ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।