५ कम्पनीका १ करोड भन्दा बढी बोनस सेयर सुचिकृत

काठमाडौँ  । नेप्सेमा सोमबार मात्रै ५ कम्पनीका १ करोड ३ लाख बढी बोनस सुचिकृत भएका छन। एनआइसी एसिया बैंक, नमस्ते वित्तीय संस्था, आइसीएफसी फाइनान्स, हिमालयन जेनेरल इन्स्योरेन्स कम्पनी र कालिन्चोक देव विकास बैंकका बोनस सेयर सुचिकृत भएका छन।

एनआइसी एसिया बैंकको ९२ लाख ३७ हजार ५४० कित्ता सेयर, नमस्ते वित्तीय संस्थाको ६२ हजार ५ सय कित्ता, आइसीएफसी फाइनान्सको ४ लाख ४८ हजार ३१७.५६ कित्ता, हिमालयन जेनेरल इन्स्योरेन्सको ५ लाख ३५ हजार कित्ता र कालिन्चोक देव विकास बैंकको ६० हजार कित्ता बोनस सेयर नेप्समा सूचिकृत भएको छ ।