सानिमाद्वारा मर्चेन्ट वैंकिङ्ग सम्बन्धी कार्यको थालनी

काठमाडौँ  । सानिमा क्यापिटल लिमिटेडले मर्चेन्ट वैंकिङ्ग सम्बन्धी कार्यको थालनी गरेको छ। सानिमा बैंक लिमिटेडको पूर्ण स्वामित्वमा स्थापित सानिमा क्यापिटल लिमिटेडले धितोपत्रकारोवार सम्बन्धीकार्यहरु गर्नको लागि नेपाल धितोपत्र वोर्डबाट “धितोपत्र व्यवसायी (मर्चेन्ट बैंकर)”को अनुमतिपत्र लिई सेवा सुरु गरेको बताएको छ ।

यो संगै सानिमा क्यापिटल लिमिटेडले निष्काशन तथा विक्रि प्रवन्धक, २. धितोपत्र प्रत्याभूति , सेयर रजिष्टार,  लगानी व्यवस्थापन र धितो पत्र निक्षेप सदस्य लगायतको सेवा दिने छ  ।साथै  क्यापिटलले नियमनकारी निकायको स्वीकृती लिई, निकट भविष्यमै सामुहिक लगानी कोष (म्युचल फण्ड) को योजना व्यवस्थापक तथा कोषको निक्षेप सदस्यको रुपमा कार्य गर्ने योजना राखेको जनाएको छ ।

क्यापिटलको अधिकतृ पूँजी रु १५ करोड र चूक्तापूँजी रु ११ करोड रहेको छ ।  क्यापिटलको सञ्चालक समितिको अध्यक्षमा सानिमा वैंक लि. काप्रमुखकार्यकारी अधिकृत   भुवनकुमार दाहाल छन्  भने अन्य सञ्चालकमा तेज ब. चन्द, निश्चल राज पाण्डे, सरोज गुरागाई र   श्रीप्रसाद पौडेल रहेका छन् । प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारीमा मनिषनारायण जोशी रहेका छन् ।