राप्तिभेरी विकास बैंकको २ सय प्रतिशत हकप्रद

काठमाडौँ । राप्तीभेरी विकास बैंकले २ सय प्रतिशत हकप्रद जारी गर्ने भएको छ। नेपालगंजमा बसेको बैंकको बिशेष साधारणसभाले २ सय प्रतिशत हकप्रद जारी गर्ने प्रस्ताव पारीत गरेको हो।  २ सय प्रतिशत हकप्रद वितरणपछी बैंकको चुक्ता पुंजी दोब्बर हुनेछ।

बैंकको चुक्ता पुंजी ४३ करोड १२ लाख रुपैयाँ पुग्ने छ।  हाल बैंकको चुक्ता पुंजी १४ करोड ३७ लाख ५४ हजार रुपैयाँ रहेको छ। नेपालगंजमा मुख्य कार्यालय रहेको तीन जिल्ले विकास बैंकले राष्ट्र बैंकको निर्देशन अनुसार २०७४ असार मसान्तसम्म चुक्ता पुंजी ५० करोड पुर्याउनु पर्ने छ ।

बैंकले गत बर्ष आफ्ना शेयरधनीहरुलाई अघिल्लो आर्थिक बर्षको मुनाफाबाट १५ प्रतिशत बोनस शेयर दिएको थियो। गत बर्ष बैंकले १ करोड ५० लाख नाफा आर्जन गरेको थियो ।