नेपालका कुनै पनि गा.वि.स., वडा तथा नगरपालिकामा सेवा प्रदान गर्न सक्षम छौं

डिशहोमको बिक्रि तथा सेवा संजाल नेपालभर रहेको छ । नेपालका कुनै पनि गा.वि.स., वडा तथा नगरपालिकामा हाम्रो सेवा प्रदान गर्न हामी सक्षम छौं ।

कल्याण अधिकारी, नायव महाप्रबन्धक, डीस होम

अन्तर्वार्ता, कल्पना शर्मा

तस्वीर, रश्मी महत
kalyan 2 f
डीस मिडियाको अवस्था कस्तो छ ?
६ वर्षको अन्तरालमा हामीले बजारको ३५ प्रतिशत हिस्सा ओगटेका छौं ।

हाल बजारमा केवल, सिमटिभी लगायतले पनि सेवा दिईरहेका छन्, यस्तोमा ग्राहकले डीसहोम नै किन रोज्ने ?
डिशहोमको बजार सम्पूर्ण नेपाल हो । तपाईंले नाम लिनुभएका सेवा प्रदायकहरु हालसालै मात्र यो क्षेत्रमा आउनुभएको हो । नेपाल भर सेवा विस्तार गर्न उहाँहरुलाई कठिन छ । शहरी क्षेत्रमा उहाँहरुले सेवा प्रदान गर्न सक्नुहोला तर ग्राहकहरुलाई गुणस्तरिय सेवा प्रदान गर्नु ठुलो चुनौती छ । शहरी क्षेत्रमा सेवा नियमित रुपमा दिनका लागि पावर ब्याक अप, तारहरुको उचित ब्यवस्थापन गर्न पनि उहाँहरुलाई समस्या हुनसक्छ । आफ्नो सेवालाई गुणस्तरिय बनाउनका लागि ठुलै लगानी गर्नुपर्ने देखिन्छ ।
तपाईंले नाम लिनु भएका प्रदायकहरु केवल (तार) प्रविधि बाट संचालन हुन्छन् । उहाँहरुको जस्तो प्रविधि हाम्रो होइन । हामी स्याटेलाइटबाट सिधै ग्राहकको घरमा जोडिन्छौ । जसका कारण निरन्तर रुपमा उच्च क्वालिटिको HD च्यानलहरु प्रशारण गर्न हामी सक्षम छौं ।

डिशहोमको शहरी क्षेत्रमा उल्लेख्य उपस्थिति छ । ग्राहकहरुले HD च्यानल तथा हाम्रो बिक्रि पछिको सेवाका कारण हामीलाई रोज्नुभएको हामीले पाएका छौ । अर्को बजार भनेको नेपालको ग्रामिण क्षेत्र हो । भौगोलिक विकटता र वनावटले गर्दा त्यहाँ तार तानेर टिभि हेर्ने अवस्था हाम्रो छैन । जहाँ तार तानेर टिभी हेर्न असंभव छ ती क्षेत्रमा कुनैपनि सेवा पुग्न सक्ने अवस्था छैन । डीटिएच सेवा भनेको नेपालको जुनसूकै क्षेत्रमा पनि पुग्न सक्ने भएकाले भौगोलिक अवस्थाले कुनै फरक पार्दैन । अर्कोकुरा गुणस्तरमा पनि हामी अगाडि छौं । त्यसैले डीस होमको सेवा लिन छाडेर अन्य ग्राहकको रोजाई हुनै सक्दैन । kalyan 3 fkalyan 4 fkalyan 5 f
क्लिन फिड लागू हुँदा डीसहोमका उपभोक्तालाई कस्तो प्रभाव पार्छ ?
यो देशले कति राजस्व उठाउने भन्नेसँग सम्बन्धित छ । राजस्व वृद्धि हुने कुरालाई हामी पनि स्वागत गछौं । क्लिन फिड भनेको बिज्ञापन रहित च्यानल भनेर बुझ्छौं । यसलाई नीतिगत तहमा ल्याउन सरकारले उपयुक्त कदम चाल्नुपर्छ । सरकारले च्यानलहरु बिज्ञापन रहित ल्याएर तपाईहरुले चलाउनुहोस् भनेर पत्राचार भयो भने हामी यसलाई चलाउँछौ । यो त राष्ट्रलाई आर्थिकरुपमा फाईदा पुग्ने कुरो हो । यसले सकारात्मक नै प्रभाव पार्छ । तर नेपालमा हेरिने हरेक विदेशी च्यानलहरु क्लिन फिडमा छैनन्, त्यसलाई पनि कसरी सम्बोधन गर्ने भन्ने बारे पनि ठोस निर्णय आएको देखिदैंन ।

केवल टिभीहरु पनि डिजिटल प्रविधिमा आईसकेका छन्, उनीहरुले पनि HD क्वालिटी फिड दिईरहेका छन्, यस्तो समयमा प्रतिस्पर्धा चर्को होला नी त ? kalyan 7 f
केवल टिभीहरुले पनि ब्यापार बढाउने उदेश्यले क्वालिटीमा ध्यान दिईरहेका छन् । बजारमा आईसकेपछि ग्राहक तान्ने सोचले मार्केटिङ गर्नु स्वभाविकनै हो तर डीस होमले दिने क्वालिटी र अरुले दिने क्वालिटीमा तुलना गर्नै मिल्दैन । बजारमा प्रतिस्पर्धा हुनु स्वभाविक हो तर यस प्रतिस्पर्धाले हामीलाई राम्रो गरेको छ । अब ग्राहकहरुले अन्य सेवा प्रदायकसंग हामीलाई तुलना गर्नुहुन्छ र डिशहोम के कारणले गुणस्तरिय छ भन्ने थाहा पाउनु भएको छ ।

डीसलाई घना बादल, वर्षात् हुँदा सिग्नल राम्रो नआउने गुनासो सुनिन्छ नि ?
यो कुरा भनेको झण्डै २ बर्ष अगाडीको अवस्था थियो । तपाईले भनेजस्तै सुरुवाती अवस्थामा डीसमा कहिलेकाहिं समस्या आउने गथ्र्यो । तर विगत २ वर्ष देखि हामीले नयाँ स्याटेलाईबाट सेवा दिईरहेका छौं । पानी पर्दा वा मौसम परिवर्तनले या स्याटेलाइटमा कुनै असर गर्दैन । अहिले तपाईहरुले पनि ग्राहकहरुलाई सोध्न सक्नुहुन्छ सिग्नल कस्तो छ भनेर ।

डीस होमले HD क्वालिटी सेवा दिईरहेको छ अब Ultra HD मा जाने योजना बनाउनुभएको छैन ?
हामीले अहिले ग्राहकलाई True HD को सेवा दिई रहेको छौं । समयको अनुकुलता हेरेर Ultra HD  का च्यानलहरु समेत ल्याउने योजनामा छौं ।

डीसहोमले कस्ता कस्ता प्याकेजहरु सञ्चालनमा ल्याएको छ, सबैभन्दा लोकप्रिय कुन हो ?
हाम्रा प्याकेजहरु एघार वटा छन् । डिशहोमका सम्पूर्ण प्याकेजहरु लोकप्रिय छन् तर ग्रामिण क्षेत्रमा विक्ने रु २९२ को  Basic  प्याकेज र सहर बजारमा विक्ने रु ५८५ को सम्पूर्ण च्यानल आउने Lifestyle HD प्याकेज बढि लोकप्रिय छन् । हामीले तीन महिना पहिले launch गरेको नेपाली सिनेमाहरु प्रशारण हुने Plus Movie प्याकेजहरु पनि अत्यन्त लोकप्रिय छन् ।klayan 6 ff

डीसहोमको युनिक सेलिङ पोईन्ट USP के हो ?
सबैभन्दा पहिले त डीस होमले जून सेवा ग्राहकहरुलाई प्रदान गरिरहेको छ, त्यहि नै हाम्रो युनिक सेलिङ पोईन्ट हो । बजारमा जतिपनि सेवाहरु आईरहेका छन्, ती सबै छाडेर ग्राहकहरु डीस होम खोज्दै आउनुहुन्छ, यो अर्को महत्वपूर्ण पक्ष भयो । त्यस्तै नेपालमा कुनैपनि गाविस वा नगरपालिकाका हरेक वडाहरुमा पुग्न सक्ने क्षमता डीस होमले राख्छ । त्यस्तै महत्वपूर्ण पक्ष भनेको ग्राहकको सन्तुष्टिलाई हामीले प्राथमिकतामा राख्दै आएका छौं । डीसहोममा कुनैपनि प्रकारको समस्या आयो भने हाम्रा सपोर्ट सेन्टरबाट तुरुन्तै प्राविधिकहरु समस्या भएको ठाउँमा जान्छन् र कतिपय अवस्थामा त फोनबाटै पनि समस्याको समाधान हुने गरेको छ । भन्नु पर्दा हाम्रो सेवा संजाल, नेपालको कुनै पनि क्षेत्रमा पुग्न सक्ने क्षमता, गुणस्तरिय पिक्चर, सहुलियत मुल्य नै हाम्रो USP हुन् ।

डिशहोमको सेवामा समस्या आए अथवा च्यानल तथा सिग्नलमा समस्या आयो भने कसरी निवारण गर्न सकिन्छ ?
डिशहोममा समस्या खासै आउँदैन । आइहाले पनि ग्राहक सेवा केन्द्रमा सम्पर्क गरेर तुरुन्तै समस्या निवारण गर्न सकिन्छ । प्राविधिक घरमै पठाउनु पर्ने अवस्था आयो भने पनि नेपालको कुनै पनि नगरपालिका हुन् वा दुर्गमका गाविस हाम्रा प्राविधिक त्यहाँ पुगेर ग्राहकहरुलाई सेवा दिन सक्षम हुनुहुन्छ ।

तपाईहरुको ग्राहक लक्षित उदेश्य र रणनीति कस्तो छ ?
हाम्रो नेपालमा लगभग २१ लाख टिभी  सेट भएकाे  डेटाले देखाउँछ । हाम्रो लक्ष्य अबको ५ वर्ष वा सन् २०२० सम्म केबलमा झण्डै बजारको ८० प्रतिशत बजार लिने हो । यो हिसाबले हामी अगाडि बढेका छौं । प्रत्येक वर्ष ग्राहकको संख्या बढ्दो क्रममा छ । हाम्रो २÷४ वर्ष काम गर्ने अनि रिजल्ट जेसुकै होस् भन्ने सोच होईन । हामी लामो समय काम गर्न चाहान्छौं । ग्राहकलाई जहिलेपनि स्तरीय सेवा दिन सकियोस् भन्ने चाहना हुन्छ । शहरी क्षेत्रको लागि HD च्यानलहरु ४० वटा पुर्याउँदैछौं । स्ट्याण्डर्ड डेफिनेसनको च्यानलहरु १५० वटा पुर्याउँदैछौं । नयाँ स्याटेलाईट लिएर नयाँ च्यानलहरु थप्दैछौं ।
अन्त्यमा डीसहोमका ग्राहकहरुलाई के सन्देश दिनुहुन्छ ?
डीस होमले कुनैपनि केबल सेवा प्रदायक कम्पनीले अहिलेसम्म दिन नसकेको गुणस्तरिय सेवा दिने काम गरेको छ । जहाँ सञ्चारका कुनै माध्यम छैनन्, त्यस्तो ठाउँमा ग्राहकलाई गुणस्तरी सेवा प्रदान गरिरहेको छ । हामीले हरेक चिजको छनोट गर्दा सबैभन्दा पहिले गुणस्तरलाई ध्यान दिनुपर्छ । गुणस्तरीय सेवा दिन सकियो भने मात्रै ग्राहकको मन जित्न सकिन्छ । यो हिसाबले डीस होम सक्षम सावित भईसकेको छ । अर्को महत्वपूर्ण पक्ष भनेको सेवा लिईसकेपछि ग्राहकलाई दिने बिक्रि पछिको सेवा हो । यो पक्षमा डीसहोमले आफूलाई प्रमाणित गरिसकेको छ । ग्राहकलाई डीस होमको सेवामा कुनैकुरा चित्त नबुझे तुरुन्तै ग्राहक सेवा केन्द्र, वेवसाइट वा फेसबुक पेज मार्फत खबर गर्न सक्नुहुन्छ । हामी तुरुन्तै सेवा दिन्छौं । डिशहोममा चित्त बुझे अरुलाई खबर गर्नुहोला । गुनासो भए हामीलाई भन्नुहोला ।